प्रदेश

अस्पतालमा सुत्केरी हुने महिलालाई सन्धिखर्क नगरले २ हजार रुपैयाँ दिने



अर्घाखाँची, १२ जेठ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सुरक्षित स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई पोषण स्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित कृष्णप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै बर्थिङ सेन्टर वा अस्पतालमा सुत्केरी हुने महिलालाई पोषण स्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले पाणिनि बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार ४० जना छात्र–छात्रा लाई निःशुल्क रुपमा अध्ययन गर्ने प्रबन्ध मिलाउने पनि प्रतिबद्धता जनाउनुभएको छ । यस्तै नगरवासीको न्युनतम विद्युत् महसुल भुक्तानी गरिदिने र नगरपालिका भित्र सञ्चालित लिफ्टिङ्ग खानेपानी आयोजनाको ६० प्रतिशत विद्युत् महशुल भुक्तानी गरिदिने बताउनुभएको छ ।

समृद्ध सन्धिखर्क निर्माणको मूल आधार भन्ने मान्यतामा रही गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको उपलब्धता तथा कृषि र पर्यटनको विकास गरी रोजगारी सिर्जना गरेर वैदेशिक पलायन रोक्ने पनि उहाँको भनाइ छ ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६