खोज–अनुसन्धान

अर्घाखाँची जिजसकालागि एमालेको एकल बहुमत पुग्ने




सन्धिखर्क ९ जेठ । अर्घाखाँची जिजसकालागि एमालेको एकल बहुमत पुग्न भएको छ । एमालेले १२ स्थानीय प्रमुख उपप्रमुख मध्ये ७ जितेर जिससकालागि वहुमत पुराएकोहो । अर्घाखाँचीका ६ वटै स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भएसंगै यस्तो तथ्य आएको हो । ३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीका जिल्लामा ३ वटा पालिकामा नेकपा एमालेले प्रमुखमा विजयी हासिल गरेको छ। त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले दुई र राष्ट्रिय जनमोर्चाले एक पालिका प्रमुखमा विजयी भएका छन्। नेकपा एमालेले सन्धिखर्क, मालारानी र पाणिनीमा प्रमुखमा विजयी हासिल गरेको छ।

नेपाली कांग्रेसले शितगंगा र छत्रदेव तथा जनर्मार्चाले भूमिकास्थानमा प्रमुखमा विजयी हासिल गरेको छ। यसैगरि नेकपा एमालेले सन्धिखर्क,शितगंगा उप्रमुख र मालारानी, छत्रदेव गाउँपालिका उपाध्यक्ष र पाणिनीमा उपाध्यक्षमा विजयी हासिल गरेको छ। गठबन्धनका तर्फबाट माओवादीले भूमिकास्थानमा उपप्रमुखमा विजयी हासिल गरेको हो।अर्घाखाँचीका ६१ वटा वडा मध्ये एमालेले ३० वटा, कांग्रेसले २४ वटा, माओवादी केन्द्रले ४ वटा, राष्ट्रिय जनमोर्चा ३ वडामा विजयी भएका छन् ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६