कृषि

एउटा वडामा पनि अध्यक्ष छैन तर राप्रपाले मेयरमा वाजी मार्यो




कपिलवस्तु ६ जेठ । एउटा वडामा पनि अध्यक्ष छैन तर राप्रपाले मेयरमा वाजी मार्यो यो शिर्षक आफैमा अपत्यारीलो लाग्न सक्छ । किनभने एउटापनि वडामा अध्यक्ष नजितेको पार्टीवाट कसरी मेयर बन्न सकिएला । तर शिवराज नगर पालिकामा यस्तै भएको छ । एउटा पनि वडामा नजितेको राप्रपाका तर्फवाट मेयरमा अजय थापा निर्वाचित हुनु भएको । प्राप्त विवरण अनुसार उम्मेदवारी दर्ता गराउने अघिल्लो दिनसम्म नेपाली कांग्रेसमा रहेका कपिलवस्तुको शिवराज नगरपालिकाका अजय थापा टिक पाउने सर्तमै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका थिए । प्रवेश गरेसँगै उनी राप्रपाको तर्फबाट उम्मेदवारी दर्ता गराए र चुनाव प्रचारमा लागे ।
एक महिना नपुग्दै उनले सो पार्टीबाट मेयरमा आफ्नो जित दर्ता गराए । यसअघि नेकपा एमालेले मेयर उपमेयरसहित बहुमत वडाध्यक्ष जितेको नगरपालिकामा थापाको उम्मेदवारीलाई धेरैले जित्ने विश्वासै गरेका थिएनन् ।बल्ल ३३ वर्ष पुगेका उनले मेयरमा जिते पनि पालिकामा रहेका कुनै वडा राप्रपाले जित्न नसकेकाले उनको व्यक्तिगत प्रभावकै कारण जितेको प्रस्ट हुने स्थानीयको विश्लेषण छ । थापाले नगरपालिकामा खसेको कुल ३३ हजार ६ सय २९ मतमध्ये ७ हजार ६ सय २ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार महादेव पोख्रेलले ७ हजार १ सय २८ मत प्राप्त गरे।
०७४ सालको स्थानीय तहको निर्वाचन थापा स्वयम राप्रपाबाट उम्मेदवार थिए । मेयरमा पराजित थापा मंसिरमा सम्पन्न संघीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लडेका थिए । त्यहाँ पनि पराजित भएका थापा मनोनयन दर्ताको अघिल्लो दिनसम्म कांग्रेसमा सक्रिय थिए । पार्टीले मेयरमा टिकट नदिएपछि पार्टीबाट विद्रोह गर्दै राप्रपा लागेका थापा अन्ततः मेयरमा निर्वाचित भए । शिवराजमा कांग्रेसका मेयरका उम्मेदवार हुमकान्त खनाल तेस्रो स्थानमा पुगेका छन् ।
नगरको उपप्रमुख पदमा भने नेकपा एमालेकी शिवकुमारी थारु निर्वाचित भएकी छन् । थारुले ७ हजार ९सय ५५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनकी प्रतिस्पर्धी नेपाली कांंग्रेसकी उम्मेदवार शारदा कार्कीले ६ हजार १ सय ८५ मत प्राप्त गरिन्। एमाले उम्मेदवार थारुले २०७४ मा पनि नगर उपप्रमुख जितेकी थिइन् ।शिवराज नगरपालिकामा राप्रपाले नगर प्रमुख मात्रै जितेको छ। एमालेले नगर उपप्रमुखसहित ३ वटा वडा, कांग्रेसले ३ वडा, नेकपा माओवादी केन्द्रले २ वडा, लोकतान्त्रिक समाजवादी पार्टीले २ वटा वडा र जनता समाजवादी पार्टीले १ वटा वडा जितेका छन् ।११ वडा रहेको शिवराजमा सुरुवातदेखि अग्रता बढाउँदै गएका थापा बिहीबार अन्तिम मत परिणाम आउँदासम्म अग्रस्थानमै रहेका थिए । स्नातक पढेका सामान्य परिवारका थापाले एकाएक नगरपालिकाको मेयर बनेर सबैलाई आश्चर्यमा पारेका छन् ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६