खोज–अनुसन्धान

मेयर अर्यालको पहिलो निर्णयले विपन्न, दलित र सिमान्तकृतको बस्तीमा खुशीयाली




कपिलवस्तु ६ जेठ । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले पदभार ग्रहण गरेसंगै विपन्न,सिमान्तकृत र दलितकालागि निःशुल्क खानेपानीको धारा नगरले जडान गर्ने नितिगत निर्णय गर्नु भएको छ ।चुनाव लड्दा नेकपा एमाले बाणगंगाले विपन्न तथा दलितको घरमा जडान हुने खानेपानीको धारा निशुल्क जोड्ने र एमालेले जितेका वडामा खानेपानी र विधुतको न्यूनतम महशुल ती वर्गकालागि वडाले तिरिदिने प्रतिवद्धता जनाएको थियो ।
सोही प्रतिवद्धता अनुरुप निशुल्क धारा जडानको निर्णय भएको हो । यो धारा जडान गर्न खानेपानी आयोजनाले कम्तीमा रु १० हजार लिने गरेका छन् । अव उप्रान्त विपन्न , दलित र सिमान्तकृतका घरमा त्यस्ता धारा जडानहुदा नगरले आर्थिक दायित्व ब्यहोर्ने निर्णय भएको हो । यो निर्णयको विभिन्न पक्षवाट स्वागत भएको छ । नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाई र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेले मेयर अर्यालको पहिलो निर्णय जनमुखी र विपन्नको हितमा रहेको भन्दै यस्तै थप जनमुखी काम गर्न आग्रह गर्नु भएको छ । संयुक्त विज्ञप्ती मार्फत उक्त निर्णयको स्वागत गर्नु भएको हो ।
वडा नं ८ वाट निर्वाचित दलित महिला सदस्य शारदा परियारले खानेपानी जडान गर्दाको शुल्क तिर्न नसकेर धेरै विपन्न परिवार शुद्ध खानेपानीको पहुचमा आउन नसकेको वताउदै मेयरको पदभार ग्रहणसंगै भएको निर्णयले विपन्न बस्तीमा खुशी छाएको प्रतिकृया दिनु भयो । यता मेयर चक्रपाणी अर्यालले जनचाहाना अनुरुप धेरै भन्दा धेरै काम प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६