ब्रेकिंग न्युज

मेरो वडाले जितेको छ, ‘वडावासिले जितेका छन, सेवामा अनवरत खट्ने छु: क्षेत्री



कपिलवस्तु,जेठ५ ।
कपिलवस्तुको बाणगंगा ४ जितपुर बाट नेपाली कांग्रेसबाट वडाध्यक्षका उमेदवार रहेका दिनेश क्षेत्रीले सवैमा अभिवादन व्यक्त गरेका छन् ।
उनले एक प्रेस विज्ञप्ती मार्फत भनेका छन् “प्रजातान्त्रिक मुल्य र मान्यतालाई आत्मसात गरेर नगरवासीको साथ सबैको विकासको भावना लिएर नेपाली कांग्रेस मार्फत उम्मेद्वारी दिई हजुरहरुको घरदैलोमा विस्वासको मत दिई स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा हाम्रो टीमलाई सहयोग गरी अहोरात्र खट्नुहुने सम्पुणर् पार्टी नेता कार्यक्रर्ताहरु, मतदाता बावुआमा दाजुभाई तथा दिदि बहिनीहरु , प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पुर्‍याउनुहुने सम्पुणर् महानुभावहरुप्रति हार्दिक धन्यबाद ज्ञापन गर्दछु । साथै नतिजालाई सरल सहज र स्वभाविक रुपमा लिई आगामी दिनहरुमा अझ बढी जनताका हरेक सुःख दुःखमा निरन्तर साथ दिने प्रतिबद्धता सहित सम्पुणर् विजेता मित्रहरुलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
मतपत्रमा लागेको छापको अवस्था हेर्दा दलगत भावनालाइ चटक्क विर्सेर आत्मीयता तथा आशा भरोसालाई मतदानको रुपमा व्यक्त गर्नु भएको हामीले महशुस गरेका छौ । साथै सम्पुणर् वार्डमा विभिन्न दलको साथिहरु चुनिएर आउनु भएको छ उहाँहरुलाइ बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना छ ।चुनावमा हारजित स्वभाविक प्रकृयाको रुपमा लिएको छु । हजुरहरुले गर्नु भएको विस्वास अटल र अटुट हुने कुरामा पुन प्रतिवद्धता जनाउदै हृदय देखि धन्यवाद सहित आभार प्रकट गर्दछु । साथै वडावासीले म र मेरो टिम प्रति देखाउनु भएको बिश्वास र भरोसालाई आदर्श ठानेर म साथै अगाडी बढ्नेछु मेरो भुमिका अझ सशक्त तथा दिनरात जनता सेवामा समर्पित हुने नै छौ । यसबाट कुनै विचलित नहुन सम्पुणर् वडाबासीलाई अनुरोध छ । निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सम्पूणर् कर्मचारी ,निर्वाचन अवधिभर तल्लीन सुरक्षाकर्मी लगायत सम्पूणर् शुभेच्छुक प्रती आभार ब्यक्त गर्न चाहन्छु । उनले भनेका छन् ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६