खोज–अनुसन्धान

एमालेद्वारा मुसिकोट नगरपालिकामा गठबन्धनलाई पराजित



गुल्मी ३ जेठ । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सांसद गोकर्ण विष्टको क्षेत्रमा पर्ने मुसिकोट नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले मेयर र उपमेयर पदमा जीत हासिल गरेको छ ।एमालेका उम्मेदवार जिवन खरेलले गठबन्धनका उम्मेदवारलाई ७९३ मतले हराउँदै मेयर पदमा जीत हासिल गरेका हुन ।जिवन खरेलले ७३९९ मत ल्याए भने गठबन्धबाट नेपाली कांग्रेसका उम्मेदवार हरिनारायण सापकोटाले ६६०६ मात्रै मत ल्याउन सके ।

उपमेयर पदमा एमालेकी गंगा श्रेष्ठले ७०११ मत ल्याएर जीत हासिल गर्दा गठबन्धनबाट एकिकृत समाजवादीका श्रीराम महतले ६३२३ मात्रै मत ल्याउन सके ।जिल्लामा एमालेका विरुद्ध नेपाली काग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका थिए ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६