देश

बुटवल–१ मा कांग्रेसका बागी उम्मेदवार विजयी



बुटवल, ३१ वैशाख । बुटवल उपमहानगरपालिका वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् ।
२०७४ को चुनावमा पनि कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । तर यसपटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।
बस्नेत विजयी हुँदा एमालेका महेन्द्र लिगल दोस्रो स्थानमा र कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रधान तेस्रो स्थानमा छन् । वडा सदस्यहरु चारै जना कांग्रेसका विजयी भएका छन् ।

प्रकाशित : ३१ बैशाख २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल