जीवनशैली

गोरखाको मतदान केन्द्रमा चल्यो गोली , कर्मचारी घाइते



काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित खराखसे मतदान केन्द्रमा गोली चलेको छ । स्थानीय सिद्धकाली मावि गोरखामा कांग्रेस, एमाले र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो । सोही क्रममा विवादले उग्ररुप लिएपछि गोली चलेको थियो । प्रहरीले चलाएको गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी घाइते भएकी छन् ।

कर्मचारी मनिषा थापालाई गोली लागेको छ । उनको खुट्टामा गोली लागेको छ । मतदानस्थलको बाहिर विवाद भएपछि नेकपा एमालेका कार्यकर्ताले बुथ फाल्ने चेतावनी दिएका थिए । त्यसपछि विवादले चर्को रुप लिएको थियो ।

प्रकाशित : ३० बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६