प्रदेश

कपिलवस्तुमा मतदातालाई बाँड्न लागेको रक्सी बरामद, काँग्रेस उम्मेदवारले रक्सी बाँडेको आरोप




कपिलवस्तु, २८ वैशाख ।
मतदातालाई बाँड्न लैजाँदै गरेको रक्सी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । बुधवार कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सानो वर्गदहवामा स्टार ब्रान्डको रक्सी बाँड्दै गर्दा पक्राउ परेका हुन ।
लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखे पछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिस सहित नियन्त्रणमा लिएको छ । १२ कार्टुन २६० बोतल रक्सी सहित १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डि एस पि जेसी शाहले बताए ।
सो रक्सी नेपाली काँग्रेसले मतदातालाई बाँड्न लागेको स्रोतले दाबी गरेको छ । निवर्तमान वडा अध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ मा उम्मेदवार प्रकाश गैरे माथि रक्सी बाँड्न लगेको आरोप लागेको छ । कपिलवस्तु नगरपालिकामा नेपाली काँग्रेसले मतदातालाई बाँड्दै गरेको रक्सीको कार्टुन

तस्बिर रेडियो कपिलवस्तु

प्रकाशित : २८ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६