खेलकुद

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एस्टन भिल्लालाई हरायो : उपाधि होड कायमै



इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एस्टन भिल्लालाई हराएको छ । उपाधि होडमा रहेको लिभरपुलले गएराति भएको खेलमा एस्टन भिल्लालाई २–१ गोलले हराएको हो ।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुल विजयी भयो । लिभरपुलका जोएल मटिप र साडियो मानेले एक/एक गोल गरे । डुगलस लुइजले खेलको तेस्रो मिनेटमा नै गोल गरेपछि एस्टन भिल्लाले अग्रता लिएको थियो । तर जोगाउन सकेन । छैटौं मिनेटमा मटिपको गोलबाट लिभरपुलले बराबरी गर्यो । खेलको ६५औं मिनेटमा मानेले गोल गरेपछि लिभरपुल जित निकाल्न सफल भयो । जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ ।

लिभरपुलको ३६ खेलबाट ८६ अंक छ । सिटीको ३५ खेलमा ८६ अंक छ । गोलअन्तरका आधारमा लिभरपुल दोस्रो स्थानमा छ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६