अर्थ-वाणिज्य

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डाटा अफर



काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले पालिका चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डाटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डाटा प्राप्त गर्न सक्दछन् । यो अफर वैशाख २३ गतेदेखि नै लागू भइसकेको छ । 

अफरमा एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डाटा पाउँछन् ।

एपबाट ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले एक दिनका लागि मान्य हुने ५० एमबी डाटा पाउँछन् । १ सयदेखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा तीन दिनका लागि २ सय एमबी डाटा पाउँछन् । त्यसैगरी २ सय रुपैयाँ वा त्याेभन्दा माथिको रिचार्जमा ग्राहकले ५ सय एमबी डाटा पाउँछन् ।

नयाँ बोनस डाटा अफर र अन्य विद्यमान अफरहरू जस्तै : कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकलाई सुलभ दरमा डाटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।

डाटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डाटा भोल्युम र १ सय मिनेट अल नेट टक टाइम पाइन्छ ।यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित १सय ६८ रुपैयाँ पर्ने यो प्याक १७१२३१# डायल गरी सजिलै लिन सकिन्छ ।

भ्वाइस सेवा मात्र चाहिने ग्राहकले ९४ रुपैयाँमा सात दिनका लागि मान्य एक सय ५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताले १७११८३*३# डायल गरी यो भ्वाइस प्याक लिन सक्छन् ।

दैनिक रूपमा डाटा चाहिने प्रिपेड ग्राहकका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि छ ।यसमा ग्राहकले १ सय २९ रुपैयाँमा सात दिनका लागि दैनिक १ जीबी डाटा भोल्युम लिन सक्छन् । १७१२३१# डायल गरी ग्राहकले यो प्याक सुरु गर्न सक्छन् ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६