राजनीति

शिवराजमा एमालेकोे जित निश्चित छ : मेयर पदका उम्मेदवार पोख्रेल



कपिलवस्तु कार्यक्रममा शिवराज नगरपालिकाका मेयर पदका उम्मेदवार महादेव पोख्रेलले शिवराजमा राजनीति शक्ति भएको पार्टी नै एमाले रहेको भन्दै एमाले बाहेक कसैले जित्न नसक्ने दावी गर्नु भयो । शिवराज नगर कसैको दास भएर बस्ने नगर नभएको भन्दै वडा २ मा हरेक समय वडा अध्यक्षकै कारण विभिन्न योजना पुरा हुन नपाएको बताउनु भयो ।नेकपा एमाले निर्वाचन पछि पनि यसै गरी नगरवासीको घरदैलोमा पुग्ने बताउनु भयो । नगरवासिका समस्या समाधानको निम्ति निर्वाचित पछि आफुसहितको टिमले टोलटोमा गएर काम गर्ने बताउनु भयो । शिवराज नगरपालिकाका नगरप्रमुखकको रुपमा रहनु भएका नेत्रराज अधिकारीको अधुरा सपना आफुले पुरागरेर समृद्ध नगर बनाउने सपना पुरागर्ने दावि गर्नु भयो । शिवराजमा २ वर्ष भित्र १५ शैयको अस्पता संचालनमा आउने गरी काम गर्ने बताउनु भयो । उहाँले भन्नु भयो अव कसैले रोकेर रोकिन्न भए सार्वजनिक जग्गा खोज्छौं नभए जग्गा किनेर काम थाल्छौ ।
शिवराज नगर भित्र शिक्षा ,स्वास्थ्य , कृषि र रोजगारको क्षेत्रमा विशेष ख्याल गरेर एमालेका चुनावि एजेण्डा पुरा गर्ने बाचा गर्नु भयो । नगरमा आफु निर्वाचित पछि हरेक कृषकको खेत खेतमा सिचांइको ब्यवस्था हसने गरी काम गर्ने बताउनु भयो । थारु समुदायका फाईदाको लागि थारु वस्तिको विचमा निर्माण हुन थालेको नगरपालिकाको प्रसासकिय भवन राजनितिको नाममा बन्न नदिएको बताउनु भयो । उहाँले कुनै पनि वस्तिलाइ नहटाई नगरमा निर्वाचित पछिको पहिलो काम नै नगरको प्रसासकिय भवन निर्माण रहने भन्दै अव कसैले मुद्धाममिला गरेर भवन निर्माण नरोकिने बताउनु भयो । शिवराजमा सुकुमवासि समस्या समाधान गर्दै लालपुर्जाविहिन सबै नगरवासिलाई लालपुर्जा वितारण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
यस्तै नगर उप प्रमुख पदका उमेद्धार शिवकुमारी थारुले ५ बर्षको अवधिमा भएका कामहरु र अझ बाकि रहेका कामहरु पुरा गर्ने बताउर्दै लक्षित वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।सोहि कार्यक्रममा शिवराज २ का वडा अध्यक्ष पदका उमेद्धार कल्लु थारुले चुनावि घोषणा पत्र सार्वजनिक गर्नुभएका थियो ।घोषण पत्रमा वडालाई शिक्षा, स्वास्थ र कृषिका क्षेत्रमा अब्बल बनाउन लागि पर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । विद्यालय जानबाट बन्चित भएका बालबालिकालाई विद्यालयमा पुर्याउने उहाँले बताउनुभयो । खरको छाना मुक्त वडा र सुकुम्बासीका लागि लालपुर्जा प्रदान गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६