कृषि

बाणगंगाका सबैभन्दा कान्छा उम्मेदवारलाई यूवाको साथ बृद्धबृद्धाको शुभ आशिर्वाद



पशुपति गिरी
कपिलवस्तु, २३ बैशाख । बैशाख ३० हुने स्थानीय निर्वाचनमा वाणगंगा ८ बोडगाउमा नेकपा एमालेको तर्फबाट नगरमै कान्छो वडा नं। ८ का वडाध्यक्षका उम्मेद्वार विभिन्न सामाजिक संघ संस्थाहरुको नेतृत्व गरेका र एक दशक देखि राजनितिमा होमिनुभएका युवा लोकप्रिय नेता बाबुराम अर्याललाई वडाध्यक्ष पदका लागि अघि सारेको छ । युवाको साथ र बृद्धबृद्धाको आशिर्वाद पाएका अर्याल भन्छन्, म सधै जनताको साथमा छु । अर्यालले वडाध्यक्ष पदमा निर्वाचित भएमा वडाको चौतर्र्फी विकास गर्दै समृद्ध वडा बनाउनका लागि लागिपर्ने बताउनुभयो । वडामा शिक्षा, स्वास्थ, सडक, बिद्युत, सिचांइको विकास गर्ने बताउनुभयो ।

त्यस्तै वडा कृषिका लागि उर्वरभुमी भएकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि विभिन्न योजना सञ्चालन गर्ने बताउनुभयो । त्यसका लागि कृषि अनुदानका कार्यक्रम सञ्चालन गर्ने, सिंचाईको पर्याप्त विकास गर्ने, कृषि औजारहरु प्रदान लगायत कृषकका माग अनुसार अगाडि बढ्ने बताउनुभयो । त्यस्तै वडाध्यक्ष पदका उम्मेद्वार अर्यालले नदी कटानको रोकथामका लागि तटबन्ध निर्माण, प्राकृतिक श्रोत साधन तथा नदीजन्य पदार्थको संरक्षण र प्रवद्र्धन गर्ने र वडाले संचालन गर्दै आएका अधुरा योजनाका कामलाई क्रमिक रूपमा पूरा गरि वाणगंगा वडा न ८ मा मुहार फेर्न आफू योजनाबद्ध तवरबाट अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वडाध्यक्षमा अर्याल संगै महिला सदस्यमा जुना देवी थारु, दलित महिला सदस्यमा शारदा परियार र खुल्ला सदस्यहरुमा शैलेन्द्र बेल्बासे, विश्वास जिसी गरि ५ जनाको सक्रिय टिमले मोर्मी टोल क्षेत्रमा मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेको छ ।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्य गुणानिधि भुसाल, भोजराज थारु, निर्वाचन परिचालन कमिटि वडाका संयोजक तथा पार्टीका वडा ईन्चार्ज टुकलाल गैरे,एमाले निकट नेपाल खेलकुद महासङ कपिलवस्तुका अध्यक्ष सुसिल कुवर, अनेरास्ववियुका जिल्ला अध्यक्ष लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६