अर्थ-वाणिज्य

अवको २ हप्तामा कुनाल हुन्छन् स्थानीय सत्तामा :एमाले




कपिलवस्तु २१ वैशाख । नेकपा एमाले कृष्णनगरले घरदैलोमा अनौठो नारा लगाउने गरेकोछ । एमाले कार्यकर्ताले अवको २ हप्तामा कुनाल हुनेछन् सत्तामा भन्ने नारा लगाउदै घदैलोमा मतमाग्न पुगेका छन् । यता देशभर नै स्थानिय तहको निर्वाचनको माहोल बढ्दै गएको छ । उमेद्वारहरुले आफना प्रतिबद्धता र घोषणा पत्र सहित चुनाबि माहोलमा ओत्रिएका छन् । यसै गरि यता आसन्न स्थानिय निर्वाचन २०७९ का लागि नेकपा एमाले कृष्णनगरले मेयर पदको उम्मेदवारको रुपमा कृष्णनगरका प्रभाव शालि युवा नेता कुनाल प्रताप शाहलाई खडा गरेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा कृष्णनगरका एमाले नेता कुनाल प्रताप शाह घर दैलोमा पुगेर अहोरात्र खटेर ब्यस्त भएका छन । नगरको विकासका लागि स्पष्ट खाका बनाएर पार्टी र आफना ब्यक्तिगत प्रतिबद्धताका साथ उम्मेदवार बनेका शाह बलियो उम्मेदवारको रुपमा रहेका छन । केहि दिन अघि मात्रै ‘समृद्ध नगर , सुखी नगरवासि प्रतिबद्धता भन्ने चुनावि नारा सहित एमाले कृष्ण्ननगरले चुनाव लक्षित दर्जनौ योजनासहित घोषणा पत्र सार्वजनिक गरेको थियो । तर हाल सम्म पनि कृणनगर नगरपालिका भित्र अहिले सम्म पनि उच्च शिक्षा हासिल गर्नका लागि भने विद्यालय नै नभएको अवस्था रहेको छ । उच्च शिक्षा हासिल गर्नका लागि त्यहाँ विद्यार्थीहरु बाहिरी जिल्ला जानु परेको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दे एमाले कृष्ण्ननगरले आफनो दर्जनौ योजनासहितको घोषणा पत्रमा निकै महत्वपूर्णका साथ यसलाई हेरेको छ ।
नेकपा एमाले कृणनगर नगरपालिका मेयर पदको उम्मेदवार कुनाल प्रताप शाहले आफु निर्वाचित पछि कृणनगर नगरपालिकामा नै डिग्री पढाइ हुने क्याम्पस निर्माण गर्ने र बाहिरी जिल्लामा गई पढनु पर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाएका छन् । कृष्णनगर नगरपालिमा विगतमा भएका कमि कमजोरीहरुलाई सुधारदै जाने र नगरवासीहरुको सदैव हितका निम्ति काम गर्ने समेत उहाँले प्रतिबद्धता जाने समेत बताए । अन्तराष्ट्रिय स्तरमा समेत नगरपालिकाको सम्बन्ध कायम राख्न अगाडि बढ्ने र नगरका विभिन्न क्षेत्रमा आवश्यकता अनुसार सामुदायिक पुस्तकालय, ई–लाईब्रेरी स्थापना गर्ने बताएका छन् । नगरपालिकाको नियमित कार्यक्रम र नगर परिषद्बाट पारित वार्षिक योजनाहरु आर्थिक विकास, पूर्वाधार विकास तथा सामाजिक विकासका योजनाहरु जनसहभागितामा गुणस्तरिय कार्यका साथ नगरपालिका र नगरवासीको आधारभूत आवश्यकता समेट्ने योजना सहित निर्वाचनमा होमिएको बताए ।

प्रकाशित : २१ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६