खोज–अनुसन्धान

कपिलवस्तु महोत्सव : दर्शकमा उत्साह र आर्थिक कारोबार बढ्दै



पार्वती पाण्डे
कपिलवस्तु ९ चैत्र। १२औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७८ को मंगलवार छैठौ दिन १० दर्शकहरुले महोत्सवको अवलोकन गरेका छन । भने २० लाख बढीको आर्थिक कारोबार भएको महोत्सव महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताउनुभएको छ । गर्मीको मौसममा पनि महोत्सवमा दर्शकहरुको खचाखच भिड रहेको छ । दर्शकहरुलाई घामबाट बचाउन टेन्टको व्यवस्था र शुद्धपानीको व्यवस्था आयोजकले गरेका कारण पनि मेलामा आउनेको भिड लागेको छ ।
यता महोत्सवमा सबैभन्दा आकर्षक कार्यक्रम अन्तरगत १० औ कपिलबस्तु डान्स आईडलका प्रतिस्प्रर्धीहरुको समेत प्रस्तुती रहेको छ । यता सांस्कृतीक कार्यक्रम अन्तरगत मंगलवार शिब परियार लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती चलिरहेकोछ छ । भने आज लोक तथा दोहोरी गायक पुश्कल शर्मा ,गायिक अस्मिता डल्लाकोटी लगाएत स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने मिडिया संयोजक अशोक पौडेलले जानकारी दिनुभयो ।
महोत्सवमा यस वर्ष दर्शकको प्राथामिक उपचारको पनि ब्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई भने परिचय पत्रको आधारमा छुटको ब्यवस्था गरिएको छ । महोत्सव जिल्लाबासीको साझा पर्व भएकाले बुद्ध रंगशालामा आई अवलोकन गर्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ ।यस्तै १० औ डान्स आईडल दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको छ । यता बुद्धआवाज टेलिभिजनले हरेक दिन सांझ ८ बजे महोत्सव अवधिभर नै महोत्सवको छयांकन गरि प्रसारण गर्दै आएको छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६