प्रदेश

कपिलवस्तु महोत्सवः आज हेमन्त शर्माको बेजोड प्रस्तुति रहने




कपिलवस्तु, ०७ चैत्र ।
१२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको पाचौं दिन आधुनिक गायक हेमन्त शर्माको अगमन हुने भएको छ । आज आधुनिक गायक शर्मासहित लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो ।

महोत्सवको चौथो दिन हिजो आईतबार ७ हजार बढी दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो ।

महासचिव पौडेलका अनुसार हिजो करिब साढे १२ लाख बराबरको आर्थिक कारोबार भएको थियो ।

यस्तै हिजो १० औं कपिलवस्तु डान्स आईडलतर्फ १२ जना प्रतियोगीमध्ये एक जना प्रतियोगी बाहिरिएकी डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार रुपशिखा वि.क. प्रतियोगिताबाट बाहिरिएकी छिन् । प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा एक जना प्रतियोगिताबाट बाहिरिने छन् ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६