जीवनशैली

दैनिक संक्रमणको रेकर्ड उकाली लाग्दै थपिए २४ घण्टामा १२ हजार भन्दा बढी संक्रमित



काठमाडौं : पछिल्लो २४ घण्टामा १२ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ। २७ हजार ४९७ जनामा कोरोना परिक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो कोरोना महामारी सुरु भएयता पुष्टि भएको सबैभन्दा बढी संख्या हो।

आज परीक्षण गरिएका नमुनामध्ये ४४.८७ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो। 

देशभर ओमोक्रन भेरियन्ट सँगै कोरोना भाइरस फैलिएपछि दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको छ। बुधवार ११ हजार ३५२ जनामा संक्रमण देखिएको थियो भने मंगलवार १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसैगरि ६४९ जना संक्रमण मुक्त हुँदा कुल संक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ। साथै संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६३२ रहेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २१४ जनाले खोप लगाएका छन्।

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६