जीवनशैली

मुख्यमन्त्री केसीका ५ महिना :देखाउन मिल्ने कामको खोजी ?




रूपन्देही ६ माघ । लुम्बिनी प्रदेश सरकारका पछिल्ला ५ महिना बिना कुनै उपलब्धि सकिएको छ । एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्रीबाट विस्थापित गर्दै गत साउन २८ मा माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट उनी मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनभित्रको ठूलो दल कांग्रेससँग आलोपालोमा केसी ८ महिना मात्र मुख्यमन्त्री बन्ने सहमति छ ।सहमतिअनुसार उनको अवधि सकिन अब ३ महिना मात्रै बाँकी छ । ५ महिने अवधिमा केसी नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै गठबन्धनभित्रै आलोचना बढेको छ ।

कांग्रेस, जसपासहितका दल असन्तुष्ट छन् । कर्मचारीलाई विधिमा चलाउन नसकेको आरोप पनि छ । मन्त्रिमण्डल र सचिवालय जम्बो बनाएकामा नागरिकस्तरबाटै केसीको आलोचना भइरहेको छ । गठबन्धनको सामूहिक भावनाअनुसार काम गर्न नसकेको आरोप पनि केसीलाई छ ।दोस्रो त्रैमास सकिँदा पनि चालु वर्षको पुँजीगत खर्च १२ फ्रतिशत मात्र छ । टुत्र्याएका मन्त्रालय एउटै भवनमा ३ वटासम्म राखिएको छ । पर्याप्त कर्मचारी छैनन् । सरकारले ल्याएको नयाँ बजेट पनि विवादित छ । आफूखुसी मन्त्रीका योजनामा रकम बाँडेको आरोप छ । विकास र योजनाका काम छोडेर पूर्वाधारबिनै दाङमा राजधानी सार्ने हतारोमा सरकार रहेको कर्मचारीको गुनासो छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका एक अधिकृतले सरकारले योजनाका कामभन्दा मन्त्रालय थप्ने र राजधानी सार्ने विषयलाई प्राथमिकतामा राख्दा अन्य काम पनि गन्जागोल भएको आरोप लगाए ।

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६