अर्थ-वाणिज्य

विशेष अदालतले संक्रमण जोखिम बढेको भन्दै थुनुवा बाहेकका सबै सेवा गर्यो स्थगित



दाङ,
५-माघ/ विशेष अदालतले कोरोना संक्रमण बढेका कारण थुनुवा बाहेकका सबै सेवा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारवाही मात्रै गर्नेछ । अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु निकै सीमित संख्यामा छन् ।

आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेश बाहेक अरु न्यायिक काम हुने छैन । विशेष अदालतले आरोपपत्र दर्ताको काम भने जारी राख्ने जनाएको छ, त्यो प्रशासनिक प्रकृतिको काम हो । विशेषले थुनुवाई बाहेकका सबै मुद्दाको सुनुवाइ रोकेको छ । पेशी र अरु तारिख दिने काम पनि नगर्ने भएको छ ।

हाजिर हुन आउने निवेदन पनि नलिने भन्दै अदालतको सूचनामा भनिएको छ, ‘ यस अदालतमा कार्यरत केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानून व्यवसायीसमेत संक्रमित हुनुभएका र अन्यसमेत संक्रमितको सम्पर्कमा रहन पगेको परिस्थितिमा नियमित कार्यसंचालन गर्दा थप सरोकारवालामा समेत प्रत्यक्ष जोखिम हुन सक्ने परिस्थितिको मूल्याङ्कन गरी आवश्यक सावधानी अपनाउनु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ ।’

प्रकाशित : ५ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६