जीवनशैली

हँसिया र ढुङ्गा प्रहार गरी आफ्नै श्रीमानको हत्या किन गरिन त पुन ले ?



रोल्पा,
५-माघ/ रोल्पामा एक महिलाले हँसिया र ढुङ्गा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको सुनछहरी गाउँपालिका–६ झिरबाङकी ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । महिलाको मानसिक सन्तुलन ठीक नभएको वडाध्यक्ष अमरजित पुनले बताए । गोठमा पतिपत्नी मात्र भएको र पति सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्रहार गर्दा ज्यान गएको बताइएको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६