प्रदेश

कपिलवस्तु अस्पतालमा बिरामीको संख्यामा बृदी



कपिलवस्तु, ०५ माघ।

कपिलवस्तु लगायत देशभरका अस्पतालमा जाडोका कारण विभिन्न खाले रोगको संक्रमणका कारण उपचार गराउन आउने विरामीको भिड लागेको छ ।

चिसो बढ्दै जाँदा कपिलवस्तु लगायत देशभरका अस्पतालमा विरामीको भिड लागेको हो । कोरोना माहामारीका विच जिल्ला अस्पताल तौलिहवामा अगिपछि सरदर ८० देखी १ सयजना विरामी आउने गरेकोमा जाडोसँगै चिसो बढेपछि उपचार गराउन इर्मरजेन्सीमा बाहेक ओपिडीमा एकसय २० जनाको हाराहारीमा आउने गरेको अस्पतालका डाक्टर गणेश क्षेत्रीले जानकारी दिनुभयो ।

दैनिक उपचार गराउन आउने विरामी मध्ये अधिकाँश महिला, बालबालिका, बृद्धबृद्धा छन्, जसमा झाडापखाला, जन्डिस, ज्वरो, टाईफाईड, लगायतका समस्या देखएका हुन् ।

कोरोना माहामारी विच चिकित्सकले जाडोबाट बच्न बासी–सडेगलेको खाना नखान, तातो झोलीलो खाना खान, पानी सकभर उमालेर पिउन, अत्यावश्यक काम बाहेक हिड्डुल नगर्न, भिडभाडमा नजान, न्यानो बाक्लो कपडा लगाउन सुझाव समेत दिएका छन् ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६