खेलकुद

खेलकुदको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकार सकारात्मक छः अर्थमन्त्री शर्मा



काठमाण्डौ, ०५ माघ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ ।
बुधवार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको हो । उहाँले नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार हुँदा पनि खेलाडीले राम्रो मेहनत गरेको बताउनु भयो ।

मन्त्री शर्माले खेलाडीले मेहनत गरे अनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार गर्नुभयो । उहाँले खेलकुद पूर्वाधारको विकास र खेलाडीको सेवा सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण भएको पनि बताउनु भयो । उहाँले सरकारले खेलाडीको सेवा सुविधा बढाउने विषयमा पहल गर्ने पनि बताउनु भयो ।

‘नेपालको खेलकुद क्षेत्रमा कमजोर पूर्वाधार रहेको छ । यस्तो पूर्वाधार कमजोर भएको अवस्थामा पनि खेलाडीहरुले जुन मेहनत गरि रहनु भएको छ, त्यो प्रशंसा योग्य छु उहाँले भन्नुभयो, सरकारले पूर्वाधार विकास र खेलाडीको सेवा सुविधा दिने कुरामा सक्दो प्रयास गर्ने छ । यस विषयमा अर्थमन्त्रालयको पूर्ण सहयोग रहने छ ।

यस्तै उहाँले अर्थमन्त्रालयको तर्फबाट क्रिकेट संघलाई क्रिकेट खेल्ने स्थानमा लाइटको अभाव भएकाले काम अगाडि बढाउन आग्रह गर्नुभएको छ । खेलाडीले गर्ने जिममा समेत समस्या रहेको भन्दै त्यो विषयमा खेलकुद सचिवकोसमेत ध्यानाकर्षण गराउनुभएको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६