प्रदेश

प्रेसचौतारीका पूर्वनिर्धारित सवै अधिवेशन अनिश्चतः बस्नेत




कपिलवस्तु ५ पुस । प्रेस चौतारी नेपालले कोरोना महामारीको कारण पूर्वनिर्धारित सवै अधिवेशन स्थगित गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र एमालेको आन्तरिक निर्देशनका आधारमा सवै अधिवेशन अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जनाउनु भएको छ । अध्यक्ष बस्नेतले बिज्ञप्ती जारी गर्दै पोखरामा यही माद्द २२ र २३ गतेका लागि तोकिएको नवौं राष्ट्रिय महाधिवेशनसहित पूर्वनिर्धारित सवै प्रदेश र जिल्ला अधिवेशन स्थगित गरिएको जनाउनु भएको छ ।
‘कोरोना महामारी बढेसँगै नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन समेत दिएको छ । पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि प्रेस चौतारी नेपालका थुप्रै साथीहरु संक्रमित हुनुभएको छ । जसको कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनको निर्णयमा पुग्न हामी बाध्य भएका छौं । कोरोना महामारी नियन्त्रण र रोकथामका सन्दर्भमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र नेकपा (एमाले) केन्द्रीय कार्यालयले मिति २०७८ माघ ३ गते जारी गरेको निर्देशनअनुसार प्रेस चौतारी नेपालको पूर्वनिर्धारित नवौं राष्ट्रिय महाधिवेशनलगायत सवै अधिवेशनहरु अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ,’ अध्यक्ष बस्नेले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६