अर्थ-वाणिज्य

गोटीहवा संरक्षणमा २ करोड लगानी हुदै : जगदिशपुरमा चरा घटेपछि कारण खोजीदै




कपिलवस्तु ५ माघ । प्राचिन क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा आसपासको क्षेत्रलाई संरक्षण गरिने भएको छ । लामो समयसम्म अतिक्रमणको चपेटामा परेकोे गोटिहवा स्थित अशोक स्तम्भ आसपासको क्षेत्रलाई संरक्षण गर्न लुम्बिनी विकास कोषले २ करोड लगानी गर्न लागेको हो ।क्रकुछन्द बुद्धको जन्मस्थलको प्रमाण स्वरुप ऐतिहासिक पुरातात्विक महत्व बोकेको अशोक स्तम्भ रहेको कपिलवस्तुस्थित गोटीहवा आसपासको झन्डै तिन विघा क्षेत्रफललाई संरक्षण गर्न लागिएको कोषका अधिकारी बताउँछन् ।
करिब ११ फुट लामो अशोक स्तम्भको ऐतिहासिक महत्व रहेकाले लुम्बिनी विकास कोषको २ करोड लगानीमा संरक्षण गर्न लागीएको गोटीहवासँगै कपिलवस्तुमा रहेका अन्य स्थानका बुद्धकालीन सम्पदाको क्रमश, संरक्षण गदैं जाने योजना समेत रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।यता उच्च हिमाली भेगमा चिसो बढेसँगै तराई झर्ने चराको संख्या कम भएको छ । मुलुकमै सबैभन्दा बढी पानीचरालाई जगदीशपुर तालले आतिथ्यता दिँदै आएको थियो । तर, पाहुना चरा अवलोकनका लागि उत्तम मानिने तालमा भने दुई वर्षदेखि चरा आउन घट्दै गएका छन ।
सन् २०२१ को तुलनामा २०२२ मा २३ प्रतिशत चरा घटेका हुन् । २०२२ मा ९ हजार ३ सय चरा गणना गरिएको छ ।कपिलवस्तुस्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा पानी चरा जाडो छल्न झर्ने चराले आफ्ना गन्तव्य परिवर्तन गरेका हुन् वा तिनीहरूको संख्या नै घटेको हो भन्नेमा पन्छीविद् गम्भीर बहसमा छन् ।यस पटक पनि चराका प्रजाति घटेको पाइयो । नेपालमा सबैभन्दा धेरै पाहुना चरालाई आश्रय दिने ठाउँ जगदीशपुर ताल हो । ताल क्षेत्र आसपास मानवीय अतिक्रमण बढेर चरा आगमन घट्दै गएको चराविद्हरू बताउँछन।
मुलुकमै आगन्तुक चरालाई राम्रो आश्रय दिइरहेको तालमा अहिले डुंगा चलाइएको छ । डुंगाका कारण चरा असुरक्षित महसुस गरिरहेका छन् । डुंगा सयर गर्न जानेहरूले चरालाई जिस्काउने र समात्न खोज्ने गर्छन् । डुंगा चढ्नेहरू चराको पछिपछि जाँदा उनीहरू त्रसित हुने गरेका हुन् ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६