अन्तर्राष्ट्रिय

२ बस्तुको आयतमा रोक लागेपछि सुठौली भन्सारको राजस्व घट्यो




कपिलवस्तु २ माघ । बार्षिक ढेड अर्व बढी राजस्व उठाएको कपिलवस्तुको यशोधरा गाउपालिका स्थित सुठौली भन्सार नाकामा टायल्स र मार्बलका आयातमा रोक लगाई पछि राजस्व संंलकना कमी आएको छ । गत असोज अन्तिमबाट धर्म काटा नभएको भन्दै टायल्स र मार्बलको आयातमा भन्सार बिभागको निर्देशनमा रोक लगाई पछि त्यसको असर भन्सार राजस्व संकलनमा परेको हो । असोज अन्तिम सम्म यो नाकाबाट टायल्स र मार्बलको भन्सार ह्ुने गरको थियो । भन्सारको आफनै धर्मकाटा नभएको भन्दै भन्सार बिभागले टायल्स र मार्बलको भन्सार नगर्न निर्देशन दिए पछि गत असोज अन्तिम साताबाट त्यसको आयात यो नाकाबाट रोकिएको सुठौली भन्सारका प्रमुख अभिषेक कन्ठले बताए । टायल्स र मार्बलको आयात रोकिदा त्यसको सिधा असर भन्सार राजस्व संकलनमा परेको उनले बताए ।

भन्सार प्रमुख कन्ठले टायल्स र मार्बलको उच्च भन्सार शुल्क लाग्ने र अन्सारको आफनै धर्मकाटा नहुदा अन्दाजीको भरमा सामानको मुल्यांकन गर्न गाह्रो भएको बताउनुभयो ।उता तौलिहवाका टालइस ब्यापारीहरु यो नाकाबाट टालइस मार्बल आयात हुन थाले पछि भैरहवाका ब्यापारीहरुको ब्यापार घटे पछि यो खेल खेलिएको आरोप लगाए । तौलिहवाका टायल्स ब्यापारी संतोष कसौधनले रुपन्देही र कृष्णनगर नाकाको बिचमा पर्ने सुठौली भन्सारबाट सामान ल्याउन सजिलो र समयको समेत बचत हुने गर्दछ । भन्सार प्रमुख कन्ठले कसैसंग कुनै मिलेमतो नभएको भन्दै बढी अन्त शुल्क लाग्ने भएकाले नै मार्बल र टायल्सकालागि भन्सारको आफनै धर्मकाटा आवश्यक पनै भएकाले नै बिभागले यस्तो कदम चालेको बताउनुभयो ।
भन्सारको चालु आर्थिक बर्षकालागि १ अर्व ९५ करोड लक्ष्य रहेको छ । ६ महिनाकालागि ९६ लाखको लक्ष्य रहे पनि चालु आर्थिक बर्षको साउन देखि पुस सम्म ८६ लाख ८३ हजार ( लक्ष्यको ८९ दशमलव ६३ प्रतिशत ) संकलन भएको छ । पुसमा १८ करोडको लक्ष्य दिइएकोमा १० करोड ७५ लाख मात्र संकलन भएको छ । यस्तै मंसिरमा १७ करोड ९८ लाख लक्ष्य रहेकोमा १५ करोड ५९ लाख तथा कार्तिकमा १६ करोड ६६ लाख लक्ष्य रहेकोमा १२ करोड २२ लााख मात्र संकलन भएको थियो । साउन भदौ र असोज सम्म लक्ष्य भन्दा बढी राजस्व संकलन भएको थियो । टायल्सको ३० प्रतिशत भन्सार ५ प्रतिशत शन्त शुल्क र १३ प्रतिशत मुल्य अभिबृद्धि कर र मार्बलको २० प्रतिशत भन्सार १५ प्रतिशत अन्त शुल्क र १३ प्रतिशत मुल्य अभिबृद्धि कर लाग्ने गरेको छ । कृषि उपजमा भने न्युन भन्सार लाग्ने गरेको कन्ठले बताउनुभयो ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६