खेलकुद

भारतीय क्रिकेट खेलाडी कप्तानीबाट विराटको राजीनामा



एजेन्सी — भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कप्तानीबाट राजीनामा दिनु भएको छ । दक्षिण अफ्रिका सिरिजमा लज्जास्पद हारपछि विराटले राजीनामा घोषणा गर्नु भएको हो ।

शनिबार उहाँले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिनु भएको छ । विराटले आफूलाई कप्तानको रुपमा विश्वास गरेकोमा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई धन्यवादसमेत दिनु भएको छ । साथै टोलीका सबै खेलाडीलाई उहाँले धन्यवाद दिनु भयो ।

उहाँले आफूले खेलसहित हरेक काममा १२० प्रतिशत मेहनत लगाउने गरेको पनि आफ्नो विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । कोहलीलाई यसअघि दक्षिण अफ्रि टेस्ट सिरिजअघि नै वान डेको कप्तानीबाट हटाइएको थियो ।

विराटले टिमलाई सही दिशामा बढाउन ७ वर्षसम्म आफूले हरेक दिन कठिन मेहनत गरेको बताउनु भएको छ । साथै यस क्रममा आफूले इमानदारी साथ काम गरेको र यसमा कुनै कसर बाँकी नराखेको उहाँको भनाइ छ ।

ुटिमलाई सही दिशामा लैजानका लागि मैले ७ वर्षसम्म हरेक दिन कठिन परिश्रम गरें । मैले आफ्नो काम पूर्ण इमानदारीसाथ गरें । यसमा कुनै कसर छोडिनँ । म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु,ु विराटले विज्ञप्तिमा भन्नु भएको छ ।

यस्तै उहाँले आफ्नो टोलीलाई कहिल्यै धोका दिन नसक्ने पनि विज्ञप्तिका उल्लेख गर्नु भएको छ । साथै उनले भारतीय क्रिकेट बोर्डलाई पनि धन्यवाद दिएका छन् । आफूलाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा उहाँले धन्यवाद दिनु भएको थियो । विराटलाई यसअघि दक्षिण अफ्रिका सिरिजअघि नै वान डे कप्तानबाट हटाइएको थियो ।

प्रकाशित : २ माघ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६