खोज–अनुसन्धान

माघ २ देखि अग्रपंत्तिमा खटिनेलाई बुस्टर डोज खोप



भोलि माघ २ गतेदेखि अग्रपंत्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत लाई सरकारले बुस्टर डोज खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर भोलि माघ २ गतेदेखि अग्रपंत्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भनेको हो । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ ।पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।

प्रकाशित : १ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६