जीवनशैली

श्रीमतिले धकेल्दा श्रीमानको मृत्यू




भालुवाङ ३० पुस । दाङको देउखुरीमा श्रीमतिले धकेल्दा लडेर श्रीमानको मृत्यु भएको छ।राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला रामनगरमा शुक्रवार मध्यान्न करिव १२ बजेको समयमा बाटो माथिबाट श्रीमती मनकला कुमालले धकेल्दा श्रीमान ४५ वर्षिय हेमराज कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ। श्रीमतीले बाटोको ढिकवाट धकेल्दा गम्भीर घाइते भएका कुमाललाइ प्रस्तावित भालुवाङ अस्तपाल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।श्रीमान श्रीमति दुवै मादकपदार्थ सेवन गरेको अवस्थामा दुवै जना जिस्किदा आफुले हल्का धकेलेको मनकलाले स्वीकार गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन्। कृषि सडकवाट लडेका हेमराज बराखुट्टी प्रगन्ना सिचाई कुलोमा ठोकिन पुगेका थिए।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६