खोज–अनुसन्धान

बुटवलमा माघे सकराती बिशेष कार्यक्रम हुने




रुपन्देही २९ पुस ।मगर समुदायको महान् पर्व माघे संक्रान्तिको अवसर पारेर बुटवलमा ‘माघे सकराती विशेष कार्यक्रम २०७८’ को शुभारम्भ भएको छ । नेपाल मगर महिला संघ, रुपन्देही जिल्ला समितिको आयोजना र मगर्स किचनको सहकार्यमा मगर समुदायमा प्रचलित विभिन्न परिकारहरु सहित विविध कार्यक्रमका साथ ३ दिन सम्म उक्त कार्यक्रम मनाउन लागेको हो । कार्यक्रममा मगर समुदायमा प्रचलित मौलिक खानाहरु तरुल, सखरखण्डा, सेलरोटी, बारा र वाक्श्या (बंगुरको मासु)को परिकारहरु उपलब्ध हुने आयोजकले जनाएको छ । त्यस्तै माघे सकराती मगर समुदायको सास्कृतिक पर्व समेत भएकाले मगर समुदायमा प्रचलित नृत्य तथा घाटु, सालैजो र कौराहा गीतहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

बुटवलमा बिहिवार आयोजित कार्यक्रमको उद्धघाटन गर्दै लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिचाइ मन्त्री वीर बहादुर राना मगरले माघे संक्रान्ति पर्वले मगर समुदायलाई एकताबद्ध बनाउने बताउनुभयो । उहाँले मगर समुदायका पर्व,भाषालाई संरक्षण गर्नु पर्ने बताउदै मुलुकमा मगर समुदायलाई स्थापित गराउन शैक्षिक जागरण गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै ३ दिन सम्म चल्ने कार्यक्रममा बुद्धिजीवि, डाक्टर, वकिल, शिक्षक, पत्रकार, व्यापारी तथा अन्य पेशासँग सम्बद्ध व्यक्तिहरुसँग मगरहरुको भाषा, संस्कृति तथा चाडपर्वको विषयमा अन्तरक्रिया समेत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : २९ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६