देश

‘विकृति र बिसङ्गतीप्रतिको खरो आक्रोश’ कविताको कविता संङ्ग्रह ।




हरि घिमिरे, २८ पुष, कपिलवस्तु
वि.सं. २०६१ सालमा माता वसन्ता र पिता माधव अधिकारीको काख बाट जन्मिएकी कविता अधिकारीको कविता संङ्ग्रह शार्वजनिक भएको छ । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड नं.–५, जुकेना, गल्धामा सामान्य परिवारमा उनको जन्म भएको थियो । उनले सानो उमेरमा पनि धेरै श्रृजना गर्ने खूबी, राष्ट्र र राष्ट्रियताप्रतिको अगाध माया, समाजमा रहेका विकृति र बिसङ्गतीप्रतिको खरो आक्रोश, उनको रचनामा उम्लिएको छ । उनले आफ्नो जन्मभूमि, घर–परिवार, आमा, विद्यालय, महिला हिंसा, समसामयिक अवस्थालाई सिजर्नामा उतार्दाै उनि वास्तविक जिवनको परिचयलाई देखाएकि छन् । उनको सिजर्ना बाट जो कोहीलार्ई समस्या जहाँ पनि देखिन्छ तर सरल र सहज रूपमा समाधान गर्ने आँट, साहस, शैली उपाय आदिले प्रेरणा दिने बुझिएको छ । कविताले कविता संङ्ग्रह तयार पार्दा सम्म विभिन्न बाधा अवरोध झेलेको कुराहरु व्यक्त गरेकि छन् । उनले आफुले बालापन देखि भोगेका यर्थाथ कहानी कवितामा चित्रण गरेकि छन ।

के भएको थियो कविताको जिवनमा ?

कक्षा १२ मा अध्यन गर्ने कवियत्रि कविता हरेक दुःख सुखसँगै आफ्नो बाल्यवस्था बितेको बताँउछिन । बाल्यवस्थासँगै विभिन्न संघर्ष गर्दा गर्दा जीवनका तितामिठा क्षणलाई साहित्यमा उकेल्दै कविता, मुक्तक र कोपिलाका माध्यमबाट मनका भावना लेख्न उनलाई रुचि लाग्यो । आकाशमा उडेका चरा, उकाली ओराली आदिले धेरै कुरा सिकाएका थिएँ उनलाई । हरेक कुरा कापीको पानामा केरी रहदाँ उनलाई उर्जा प्राप्त हुन्थो । साँच्चै साहित्य भन्ने एउटा यस्तो माध्यम हो जहाँ आफूलाई दुःख परेको बेला अनि सुख परेको बेला पनि रमाउन सकिन्छ । हो यस्तै दुःखलाई पछि पार्दै खुसीको पछि लाग्दै यहि साहित्यमा रमाउँदा रमाउँदै बाल्य अवस्था बितेको थाहै पाइनन् कविताले । उनको बिचारमा दुःख पोख्ने माध्यम हो साहित्य । आफ्नो मनमा गुम्सिएर रहेका कुरा पोख्ने माध्यम साहित्य बनाएकि उनले गुम्सिएर मनमा रहेका धेरै कुरा साहित्यमा उर्तान थालिन । साच्चै छुट्टै अनि रमाईलो संसारमा पुगे जस्तै भयो कवितालाई । राम्रा नराम्रा कुरालाई कापीका पान्नामा मात्र लेख्न सिकाएको थियो उनको जिन्दगीले । उनले बाल्य अवस्थामा लेखेको पहिलो कविता महिला हिंसा साच्चै हाम्रो देशमा धेरै महिला बलात्कृत भएर मारिए, घरेलु हिंसामा सम्म परे । यसै गर्दै अझ रोचक अनि रमाईलोसँगै आमाको काखमा बितिरहेको थियो उनको जीवन । उनले भन्छीन “कविता लेख्दै जाँदा सबै भन्दा खुसी साथ अनि हौसला दिने मेरी प्यारी आमा न त दुःख भन्नु भयो, न केही, बस मेरो खुसीको लागि धेरै दुःख पीडा सहनु भयो” । डाडाँकाडाँमा रमाएकी कविता एक्कासी घरको अवस्था र मातापिताको निर्णयले तराई झरिन । उनलाई अन्धकारमा ल्याएर राखे जस्तै अनुभव हुन थाल्यो । गाँउ घरमा रमाएको उनको परिवार रुपन्देहि नयाँ गाँउमा कोठा भाडामा बस्नथाल्यो । बाबाको दिन रातको झगडाले उनको घरमा हिसां उव्जाएको थियो । बाबाले घरको अवस्था चटक्क छाडेर भारत लाग्नु भयो, अहिले उहाँ परिवारको कुनै सम्र्पकमा हुनुहुन्न । आमाले तिनै ३ जाना छोरीहरुको सपना पुरा गर्न विदेश जाने निर्णय गर्नुभयो । आमा अहिले दुवैमा संर्घष गर्न बाध्य हुनुहुन्छ । कविताको कविता सङ्ग्रह अनि तीन बहिनी छोरीहरू साच्चै आमाको मन कस्तो हुँदो हो ? घरकी जेठी छोरी भएर होला उमेरसँगै घरको जिम्मेवारी पनि कविताको काधमा थपियो । दुई बहिनीको हेरचाहसँगै सबै काम व्यवहार कवितालाई जिम्मा लगाएर विदेशिनु भयो । आमालाई सताएको र झगडा गरेको जस्तो सजिलो हुने रहेनछ भन्ने कुरा कविताले कविता बाट सुनाईन । न त खुलेर रमाउँन पाउने उनि, न त आफूले भनेका कुरा गर्न, तैपनि उनले कविता लेख्न भने छाडिनन् । कविता लेख्ने क्रममा स्कुलको सबै साथी, सर र मेडमको माया पाईन । खै किन खुलेर रमाउन नपाए पनि मन धेरै खुसी भएको कुरा बताईन । संघर्षले नै मानिसका मनमा भएका कुरालाई बाहिरसम्म ल्याउँदो रहेछ । मेरो पनि दुःख लाग्दो जीवन थियो । यहि साहित्यमा लागेर आफूलाई भुलाउने कोसिस गर्दैछु कविताले संग्रहमा लेखेकि छन् । “कविताको कविता संग्रह” जसमा १९ वटा कविता रहेका छन । बाल कवियत्री कविताले आफुले रचना गरेको संग्रह सवैले पढेर प्रेरणा दिन अनुरोध गरेकि छन् ।

प्रकाशित : २८ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल