खेलकुद

रेसिडेन्सियल ईङ्गलिस बोडिङ्ग स्कुलमा भएको खेल सप्ताहमा ६ खेल सम्पन्न ।




कपिलवस्तु, २१ पुष ।
रेसिडेन्सियल ईङ्गलिस बोडिङ्ग स्कुलमा भएको खेल सप्ताहमा दोस्रो दिन ६ खेल सम्पन्न भएका छन । बुधवार (आज) भएको खेलमा सर्ट जम्प, लङ जम्प, कर्पदि, कोईन रेस, थ्रि लेग रेस, घैटो फोर लगाएतका खेल सम्पन्न भएका छन् । जसमा सर्ट जम्पमा कक्ष १० का छात्र तर्फबाट साहिल पाखिया प्रथम भएका छन् । सोहि खेलमा कक्षा ९ का साहिल परियार र कक्षा ८ बाट रेशम थारु प्रथम भएका छन् । छात्रा तर्फ कक्षा १० बाट सुस्मिता महत, कक्षा ९ बाट दियाराहु मगर, कक्षा ८ बाट रोसिका थारु प्रथम भएका छन् । त्यस्तै लङ जम्पमा कक्षा ४ बाट असिम थारु, कक्षा ५ बाट सुजन थारु, प्रथम भएका छन् । त्यस्तै छात्रा तर्फ कक्षा ४ बाट युनिका खराल, कक्षा ५ बाट सिला थारु, कक्ष ६ बाट पवित्रा थारु प्रथम भएका छन् । यसैगरी आज भएको अर्को खेलमा कपर्दिमा छात्र तर्फ ब्लु हाउस प्रथम तथा रेड हाउस दोस्रो भएको छ । सोहि खेलमा छात्रा तर्फ ग्रिन हाउस प्रथम तथा ब्लु हाउस दोस्रो भएका छन् । यस्तै आज भएका अन्य खेलमा कोईन रेसमा अनुस्का भट्टराई प्रथम भएका छन भने थ्रि लेग रेसमा आरोहि पिसि र रिसिका केसिको टोलि प्रथम भएका हुन् । त्यस्तै घैटो फोरमा रस्मि गुरुङ्ग प्रथम भएको खेल संयोजक शंकर पौडेलले जानकारी दिए ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६