प्रदेश

कपिलवस्तु महोत्सवलाई अहिले सम्मकै ऐतिहासिक बनाउने आयोजकको दाबि ।




कपिलवस्तु, पुस १३
१२ औँ कपिलवस्तु महोत्सवलाई अहिले सम्मकै ऐतिहासिक बनाउने आयोजकले दाबि गरेको छ । कपिलवस्तु महोत्सव सफल पार्न आज सह आयोजक र सहयोगी संस्थाबिच भएको छलफलमा यस्तो बताईएको हो । आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजना यहीँ माघ १२ गतेबाट २३ गतेसम्म हुन लागेको १२ औँ कपिलवस्तु महोत्सवलाई एतिहासिक बनाउँन सहआयोजक र सहयोगी संस्थाबिच आज छलफल भएको हो । जिल्लाको बाणगंगा चार नम्बर जितपुरमा रहेको सघंको आफनै भवनमा भएको छलफलमा बोल्दै सिद्धार्थ नगर बजार बिकास समितिका अध्यक्ष बिष्णु थापाले यस बर्षको महोत्सव अहिले सम्मकै सफल महोत्सव हुने दावी गर्दै महोत्सवलाई अलफल पार्न खोज्ने तत्व आफै असफल हुने बताए ।त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासघं जिल्ला शाखा कपिलवस्तुकी अध्यक्ष फुल कुमारी श्रेष्ठले महोत्सव सफल पार्न आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंको सहकार्यमा लुम्बिनि प्रदेशका १२ जिल्लाकै घरेलु उत्पादनलाई ल्याएर प्रर्दशनी गरीने बताइन । उता बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले महोत्सव स्थलमा लागु औषध नियन्त्रण गर्न सुचनामुलक गतिविधी गरीने सो अवसरमा जानकारी दिए ।यसैबिच कपिलवस्तु जेसिजका अध्यक्ष भिमकान्त भट्टराईले युवाहरुलाई रोजगार बनाउदै ब्यपार ब्यवसायमा लाग्नको लागी प्रेरीत गर्दै महोत्सवमा आउने युवालाई तालिमको ब्यवस्था गर्ने बताए । साथै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसाल र कोषाध्यक्ष नवदत्त घिमिरेले बिगतका बर्षमा जस्तै यस बर्षपनि आखा जाचका साथै निशुल्क अप्ररेसन हुने गरी आफुहरुले महोत्सव स्थलमा काम गरीने बताए । सो अवसरमा कपिलवस्तु उद्योग बाणिज्य सघंका निबर्तमान अध्यक्ष उमानाथ पौडेलले सह आयोजक र सहयोगी सस्थाको भुमिका नाममा मात्र सिमित नभई काममा र गतिविधिमा हुनुपर्नेमा जोड दिए । साथै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष तथा महोत्सवमा संयोजक डोलकराम घिमिरे, बरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेश्मी मगर, पुर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, देवि प्रसाद पाण्डे लगायतले बोल्दै महोत्सव सफल पार्न जुनसुकै सघं तथा सस्थाहरु यो काम गर्छौ भन्दै आएको खण्डमा सबैलाई समेट्दै काम गर्दै जाने बताएको सघंका महासचिव मनोज पौडेलले बताए ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६