मनोरञ्जन

१२ औं कपिलवस्तु महोत्सवको तयारीवारे बृहत्त छलफल



कपिलवस्तु ७ पुस । १२ औं कपिलवस्तु महोत्सवका बिषयमा कपिलवस्तु उद्योग बाणिज्य संघले सबै सरोकारवाला निकायहरुका माझमा बृह्त छलफल गरेको छ । सरोकारवालाले महोत्सबको तयारी, सुरक्षा ब्यबस्था, संचार, स्वाथ्यको ब्यबस्था, महोत्सबको आम्दानी खर्च लगाएतका बिषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए । सहुलियत दरमा स्टलको ब्यवस्थापन गर्नुपर्ने ,स्थानिय कला संस्कृतिलाई जोड दिएर उठाउनुपर्ने , सयमको मध्यनजगर गर्दै सास्कृतिक कार्यक्रमहरु समयमै गर्नुपर्ने लगाएतका बिषयबस्तुहरु उठाएका थिए ।


कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले महोत्सवलाई प्रदेश स्तरमै जोडेर अघि बढनुपर्नेमा जोड दिनुभयो । यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईले स्थानिय उत्पदानलाई प्राथमिकतामा राख्दै जिल्ला र नगरका ऐतिहासिक ठाउहरुको पहिचानलाई महोत्सवबाट जोड्नुपर्ने बताउनुभएको छ ।
यहीँ माघ १४ गतेबाट १० दिनसम्म सञ्चालन हुने गरी महोत्सवको सञ्चालनका लागी तयारी सुरु भएको आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भयो । महोत्सव सफल पार्नका लागी यसअघिनै बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर संयोजक रहने गरी प्रस्तावना लेखन तथा पुर्व तयारी उपसमिति गठन भईसकेको छ ।
प्रस्तावना लेखनका काम पुरा भइसकेको रेश्मीले बताउनु भयो । कोरोना महामारी कारण बिगत २ बर्ष महोत्सव सञ्चालन हुन नसकेको भएता पनि यस बर्ष महोत्सवलाई ऐतिहासिक बनाउने योजना रहेको सघंका महासचिव मनोज पौडेलले जानकारी दिनु भयो ।

प्रकाशित : ७ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६