अर्थ-वाणिज्य

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सरकार तयार : मन्त्री भुसाल



काठमाडौं १ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मागबमोजिम निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको बताएकी छिन्। यसका लागि उनले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न सक्ने विश्वासिलो आधारसहित आउन आग्रह गरिन्। मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को साधारणसभामा मन्त्री भुसालले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘अहिले नेपाल विद्युत् प्राधिकरणले मात्र गरिरहेको विद्युत् व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरू उठिरहेको छ। यस सम्बन्धमा मैले अस्ति मात्र इपानका प्रतिनिधिहरूसँगको भेटमा भनेकी थिएँ, विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरू नभएको भए पनि यदि निजी क्षेत्रले हामी यो परिमाणको विद्युत् यसरी बिक्री गर्न सक्छौँ भन्ने आधारसहित आएमा संस्थागत आउनुस् अथवा व्यक्तिगत आउनुहुन्छ भने पनि हामी अनुमति दिन तयार छौँ।’

मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत् खेर गइरहेको बताइन्। विद्युत् खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति व्यहोर्नुपरेको उनले उल्लेख गरिन्।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६