कोशी

विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री आचार्य ।



काठमाण्डौ, १५ कार्तिक ।  प्रदेश १ मा मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आचार्यले गएको ५ गते प्रदेश सभामा पेस गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमा आज छलफल गरी मत विभाजन हुँदैछ । सभामुख प्रदीप भण्डारीले आज दिउँसोको लागि प्रदेश सभाको बैठक डाक्नुभएको छ ।

आज मत विभाजन भएसँगै नेकपा एमालेले गण्डकी र वाग्मतीपछि प्रदेश १ मा सरकार गुमाउने निश्चित छ । गएको ७ गते नै मुख्यमन्त्री आचार्यले विश्वासको मत सामना गर्ने मिति तोकिएको थियो । तर, त्यही दिन नेपाली कांग्रेसले बैठक स्थगन गर्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएपछि सदन स्थगित भएको थियो ।

हिजो बसेको विपक्षी ५ दलको बैठकले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ । उनीहरुले नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई अगाडि सारेका छन् । प्रदेश(१ मा कुल ९२ सांसद छन्। विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । एमालेसँग ४१ र विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६