कर्णाली

ओली पक्षले केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई प्रशिक्षण दिने



काठमाडौं ८ पुष । नेकपाको केपी ओली पक्षले केन्द्रीय कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ । त्यसका लागि सातै प्रदेशमा केन्द्रबाट नेताहरु खटिने भएका छन् । ओली पक्षले मंगलबार बालुवाटारमा केन्द्रीय समिति बैठकमार्फत ५५६ जना केन्द्रीय सदस्य थप गरेको छ ।

ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीका अुनसार मनोनित केन्द्रीय सदस्यहरुलाई कार्यगत प्रशिक्षण दिनसुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदीप ज्ञवाली तथा नेता कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरी कर्णाली प्रदेशमा स्थायी समिति सदस्य शंकर पोखरेललगायत नेताहरु छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई खटाएको सुचना प्रवक्ता ज्ञवालीले जारी गरेका छन् । 

लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा खटिने भएका छन् भने गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेललाई जिम्मेवारी दिइएको छ । बागमती प्रदेशमा प्रशिक्षणको जिम्मा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल तथा  प्रदेश नं २. ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो रहेका छन् । तर, रघुवीर महासेठ प्रचण्ड नेपाल पक्षमा छन् ।  त्यस्तै प्रदेश नं. १.सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा.शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने भएका छन् ।  

प्रकाशित : ८ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६