कपिलवस्तु
नेकपा (एमाले) क्षेत्र नं. १ ले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा कृषि तथा सिंचाईलाई मुख्य प्राथमिकता दिईएको छ । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसंगै मतदाता भेटघाटमा तिब्रताका साथ लागिपरेका एमालेका उम्मेद्वारले आफु गर्ने काम प्रतिवद्धता पत्र मार्फत सार्वजनिक गरिएको हो । जसमा जगदिशपुर तालको पूर्वी खण्डबाट पचेहरा, बर्रोहिया हुदै नहर निर्माण गरी दक्षिणी क्षेत्रलाई सिञ्चित गर्ने, मर्थि र बेथी सहितका पुराना नदी, डुमराको परम्परागत सिचाई बाँधलाई व्यवस्थित बनाई मायादेवी र शुद्धोधन क्षेत्र सिञ्चित गर्ने, सर्वसुलभरुपमा किसानलाई मलखाद किसान र विउपलको उचित प्रवन्ध गर्ने । पकडी, शुद्धोधन, सोहसा, पचेहरा र जगदीशपुरको हाटबजारलाई उन्नत कृषि बजारका रुपमा विकास गर्ने रहेका छन् । कृषि विमा र पशु विमालाई प्रभावकारी कार्यान्वयन गर्ने, एक वडा एक डिप बोरिङ्ग जडान मार्फत सिंचाई सुविधा पु¥याउने, कृषि उपज संकलन केन्द्र र चिस्यान भण्डार हरेकपालिकामा स्थापना गर्ने, संकलन र बजारीकरणलाई प्रवद्र्धन गर्ने, दक्षिणी सिमामा हुने डुवानलाई रोक्न पानी निकासका लागि नहर निर्माण र जल भण्डारण केन्द्रस्थापना गर्ने, वाणगंगाको अधुरो कृषि बजार तथा चिस्यान केन्द्रलाई पूर्णता दिई संचालनमा ल्याउने जस्ता महत्वपुर्ण योजना प्रतिवद्धता पत्रमा समावेश गरिएको छ । त्यस्तै अर्घाखाँचीको दोमिल्लामा ड्याम निर्माण गरी कपिलवस्तुको पूर्वी क्षेत्रमा सिंचाई सुविधा पुरयाउन सम्भाब्यता अध्ययन गरी काम अघि बढाउने र सहकारीहरु मार्फत कृषि क्षेत्रको उत्पादन र बजारीकरणको प्रवन्ध मिलाई रोजगारीका अवसर सिर्जना गर्ने पनि प्रतिवद्धता पत्रमा समावेश गरिएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
१ मंसिर २०७९, बिहिबार








प्रतिक्रिया