लम्की, १३ बैशाख । देशका विभिन्न ठाउँबाट आफ्नै पालिकामा पुगी क्वारेन्टाइनमा बसेका नागरिक शुक्रबारदेखि घर फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले बनाएको मार्गदर्शनअनुसार हाल क्वारेन्टाइनमा बसेका मानिसलाई शुक्रबार घर पठाइएको हो । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले स्वदेशभित्रैबाट आएका नागरिकलाई वडाध्यक्षको जिम्मामा फारम भरी होम…