अर्थ-वाणिज्य

एक घर एक धारा प्रदेश सरकारको लक्ष्य :सांसद पन्थी




कपिलवस्तु २९ पुस । खानेपानी समस्या समाधानका लागि एक घर एक धारा प्रदेश सरकारको लक्ष्य रहेको प्रदेश सांसद विष्णु पन्थीले बताउनु भएको छ । गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको चौथो वार्षिक साधरण सभालाई सम्बोधन गदै उहाँले यस्तो बताउनु भएको हो । अशुद्ध पानीले ज्यान लिन सक्ने बताउदै मानव शरिरलाई हावा पछिको महत्वर्पु शुद्ध पानी भएको स्पष्ट पार्नु भयो । यसका लागि वाणगंगा नदिलाई व्यवस्थापन गर्न लागेको सांसद पन्थीले तर्क गर्नु भयो ।
शुद्ध खानेपानी, स्वास्थ जिन्दगानी भन्ने नारा भएको कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारी , खानेपानी महासंघ जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहले प्राकृतिको दिष्टीकोणले विश्वको स्र्वग देश नेपाल भएको बताउदै पानीलाई सहि ठाउँमा सदुपयोग गर्न सकेमा निकट भविष्यमा पानीको अभावबाट बच्न सकिने बताउनु भएको छ । कार्यक्रममा समितिका सचिव बुद्ध शाहीले प्रगति प्रतिवेदने तथा कोषाध्यक्ष नमुना पौडेलले आर्थिक प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन लेखा संयोजक कृष्ण बहादुर शाहीले प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका सल्लाकार एवम निर्वमान अध्यक्ष शङकर प्रसाद पौडेल ,सिद्धार्थ सामाजिक विकास केन्दका उपाध्यक्ष त्रिलोचन घिमिरे, श्रीङगीघाट सामुदायिक वनका सचिव सुष्मा खाण्ड, नागरिक समाजका प्रतिनिधि धमराज घिमिरे, दरखास्त टोल विकास समितिका उमा राष्ट्कोटी, लगायतले बोल्दै आफु परिवार सँगै नगर जिल्ला हुदै देश नै सफा भएमा समृद्ध राष्ट् हुन सक्ने बताउनु भएको थियो । राजकुमार खाण्डको अध्यक्षता,उपाध्यक्ष विष्णु विसिको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्ध शाहीले गर्नु भएको थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि,संस्थाका सल्लकार, स्थानिय बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : २९ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६