जीवनशैली

यौन आनन्दका लागि श्रीमती साटासाट गरेको आरोपमा सात जना गिरफ्तार



काठमाडौं । यौन आनन्दका लागि भारतमा श्रीमती साटासाट गरेको आरोपमा सात जनालाई गिरफ्तार गरिएको छ ।
भारतको केरला प्रहरीले त्यसरी श्रीमती साटासाट गरेर शारीरिक सम्बन्ध गर्ने गिरोह नै फेला पारिएको जनाएको छ । गिरोहमा एक हजारभन्दा धेरै जोडी सक्रिय रहेको पाइएको भारतीय अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले जनाएको छ । यस्तो गिरोह सञ्चालन गर्न ह्वाट्सएप र मेसेन्जरमा ग्रुस बनाइएको पाइएको छ । जसमा हजारभन्दा धेरै जोडी आबद्ध रहेको खबरमा उल्लेख छ ।

तीमध्ये कोट्टायमबाट सात जनालाई गिरफ्तार गिरएको र अन्य २५ जनाभन्दा धेरै निगरानीमा रहेको केरल प्रहरीले जनाएको छ । त्यसरी साटिएर शारीरिक सम्बन्ध राख्न लगाउने पतिविरुद्ध एक महिलाले प्रहरीमा उजुरी दिएपछि घटना खुलासा भएको हो ।
चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भनेका छन्, ‘पहिले उनीहरू टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिँदारहेछन्, त्यसपछि एक अर्कासँग भेट्दा रहेछन् । हामीले उजुरी गर्ने महिलाका पतिलाई पक्राउ गरेका छौं । यसमा ठूलो गिरोह छ र हामी अन्य आरोपितको खोजी गरिरहेका छौं ।’

गिरफ्तार गरिएका व्यक्ति केरलका अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका बासिन्दा भएको प्रहरीले जनाएको छ । यस्तो गिरोहमा राज्यका सम्भ्रान्त वर्गका कैयौं व्यक्ति संलग्न पाइएको प्रहरीले दाबी गरेको छ ।

प्रकाशित : २७ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६