प्रदेश

१६ करोड १९ लाखमा प्रहरीको नयाँ भवन




काठमाण्डौं, २२ मंसिर ।
नक्सालस्थित प्रहरी हेडक्वाटर परिसरभित्र १६ करोड १९ लाख ६३ हजारमा नयाँ भवन निर्माण गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नवनिर्नित भवनको बुधबार उद्घाटन गरे । महानिरीक्षक थापाले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त रहेको बताउँदै प्रहरीको कार्य सम्पादनमा सहजता हुने बताए।

प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवं व्यवस्थित नयाँ भवन निर्माण गरिएको हो। नवनिर्मित भवनमा प्रहरी निरीक्षणालय, सवारी महाशाखा, सञ्चार निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, सुरक्षा सेवा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखालगायतका कार्यालयहरूबाट कार्य सञ्चालन भइरहेको छ। भवनको बेसमेन्टमा २ वटा स्टोर रुमको व्यवस्थापनसँगै दुईपांग्रे सवारीसाधन पार्किङको व्यवस्था छ।
साभार

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६