अर्थ-वाणिज्य

रावलले गृह जिल्ला अछाम पुगेर माधवको उछितो काडे



काठमाडौं २२ मंसिर । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले गृह जिल्ला अछाम पुगेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको पोल खोल्नुभएको छ । आज गृहजिल्लामा उहाँले माधव नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्नुभएकोहो । डा. रावलले १५ वर्ष पार्टी प्रमुख भएर पनि नपुगेर माधव नेपालले फेरि खिचडी पकाएको भन्दै सबै भण्डाफोर गर्नुभएको हो ।एमालेका पूर्व उपाध्यक्ष समेत रहनुभएको रावलले व्यक्तिगत लोभ र कुण्ठा त्याग्नुपर्ने बताउनुभयो ।

उहाँले माधव नेपालले १५ वर्ष पार्टीको प्रमुख भएर पनि निहुँ खोजेर पार्टी फुटाएकोमा रोष प्रकट गर्नुभयो । त्यस्तै रावलले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री हुँदा पनि कहिल्यै नपुगेको भन्दै कुनै पटकमा पनि भन्न सक्ने एउटै काम नगरेको बताउनुभयो । त्यस्तै रावलले एमालेको चितवन महाधिवेशनमा आफूले एजेण्डामा जितेको बताउनुभयो ।उहाँले महाधिवेशनमा टीका लगाएर कमिटी घोषणा गर्न खोजिएकोमा आफूले जबजको मूल मर्म अनुसार प्रतिस्पर्धामा गएको बताउनुभयो । उहाँले आफूले पद नै चाहेको भए अध्यक्ष ओलीले उपाध्यक्ष दिएको लिन सक्ने सुनाउनुभयो । उहाँले यसअघिको आठौँ महाधिवेशनमा केपी शर्मा ओली र आफूसँगै हारेको बताउँदै एक पटक हारेर केही नहुने समेत सुनाउनुभयो ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६