अन्तर्राष्ट्रिय

विदेशवाट फर्कदा पर्यटन मन्त्री आले फेरी बिवादमा तानिए



काठमाडौं, २० मंसिर । विदेशबाट सामान ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कडाइ छ, तर विदेशमा दु खजिलो गरेर आउने कामदारलाई मात्र हो । मन्त्रीलगायत उच्चपदस्थलाई छुट भइरहेको छ। ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी ल्याउँदासम्म पनि। कुनै कानुननै भएको जस्तो भएको गुनासो गरेको छन् सर्वसाधरणले । यसरी भन्सार छलेर लाखौँको सामान ल्याउनुभएको हो-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले।

गत नोभेम्बरमा लन्डनमा ट्राभल एन्ड टुरिजम एक्स्पो (डब्लूटीएम) आयोजना भएको थियो। विश्वभरका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरू कार्यक्रममा सहभागी हुनुभएको थियो । नेपालको तर्फबाट पनि प्रत्येक वर्ष उक्त कार्यक्रममा सहभागीता रहने गरेको छ। सन् २०२१ को डब्लूटीएममा पनि नेपाल पर्यटन बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी र म्यानेजर लक्ष्मण गौतम सहभागी हुनुभएको थियो ।त्यस्तै पर्यटनमन्त्री प्रेम आले, तत्कालीन सचिव यादव कोइराला र मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मी पनि उक्त कार्यक्रममा जानुभएको थियो । कार्यक्रममा भाग लिन अन्य सहभागीहरू अक्टोबर २८ मा लन्डनतर्फ लाग्नुभएको थियो । मन्त्री र स्वकीय सचिव भने अक्टोवर ३१ मा लन्डन जानुभएको थियो । मन्त्री आले लन्डनबाट नै स्कटल्यान्डमा आयोजित कोप २६ मा पनि सहभागी हुन पुगेका पुग्नुभएको थियो । कार्यक्रमका लागि गएका सबै सहभागीले आउने र जाने दुईतर्फी टिकट कतार एयरवेजमा काटेका थिए। अन्य सहभागीहरूले दुईतर्फी टिकट १ लाख ३८ हजार रुपैयाँमा काटेका थिए। तर मन्त्री आलेले बिजनेस क्लासको टिकट काटेर १२ लाख रुपैयाँ खर्चे गर्नुभएको थियो ।

मन्त्रालयका उच्च अधिकारीले दिएको जानकारीअनुसार मन्त्रीले स्वकीय सचिवलाई पनि सोही बराबरको टिकटमा लन्डन लगेको बताईएको छ । यसरी टिकटमै ‘सौख’ देखाएका मन्त्री आलेले विदेशबाट फर्कंदा त हदै सम्मको लापरवार्ही गर्नुभयो । उहाँले ७ वटा रोलेक्स घडी, ७ वटा आइफोन प्रो १३ र ९ बोतल रक्सी भन्सार छलेर नेपाल छिराए। त्यो पनि उच्च पदस्थहरूलाई उपहार दिनका लागि , मन्त्री आलेले काठमाडौं फर्किंदा ड्युटी फ्रीमा लाखौँको सामान खरिद गरेर काठमाडौं ल्याएको खुलेको हो। नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीलाई एक जना बराबर ५ सय डलर मात्रै लैजाने सुविधा दिएको छ।

राष्ट्र बैंकको नीतिलाई समेत चुनौती दिँदै मन्त्री आलेले भने लाखौँ पर्ने सामान खरिद गरेर काठमाडौं भित्राउनुभएको छ । मन्त्री आलेले लन्डन जाँदा २० हजारभन्दा बढी डलर खर्च गरेकोसमेत पाइएको छ। जब कि लान पाइने ५ सय डलर सटहीका लागि समेत नेपालमा ‘क’ वर्गको मान्यताप्राप्त बैंकमा स्वयम उपस्थित भएर आयस्रोतसमेत खुलाउनुपर्ने नियम छ। अहिले भन्सार कार्यालयले एउटा मोबाइल र एउटा घडी तथा ड्युटी फ्रीको रक्सीसमेत एक बोत्तलभन्दा बढी ल्याएका जफत गर्ने व्यवस्था गरेको छ। तर मन्त्री आलेले स्कटल्यान्ड विमानस्थलबाट लन्डन आउँदा ५ बोतल डबल ब्ल्याक लेबल खरिद गर्नुभएको एक स्रोतले बतायो। पुनः लन्डनबाट ५ नोभेम्बरमा नेपाल फर्कँदा दोहा विमानस्थलमा ४ बोतल सिवास रिगल खरिद गर्नुभएको स्रोत बताउछ ।अतिरिक्त सामानका कारण मन्त्री आलेले लन्डनमा दुईवटा सुटकेस थप्नुभएको थियो । मन्त्रालय स्रोतका अनुसार मन्त्री त्यतिमै रोकिनुभएन, उहाँले ७ थान रोलेक्स घडीसमेत किन्नुभयो , नेपालमा शीर्ष नेताहरूलाई उपहार दिनका लागे।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६