अर्थ-वाणिज्य

परिक्षा बोर्डले कक्षा ११ र १२ को नतिजामा सबैलाइ ‘प्रमाणपत्र नदिने



काठमाडौँ २० मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा ‘डी प्लस’ नतिजा ल्याउने विद्यार्थीहरुलाई मात्रै प्रमाणपत्र प्रदान गर्ने भएको छ ।बोर्डले विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निश्चित आधार तयार पार्दै यस्तो उल्लेख गरेको हो ।

बोर्डले अङ्कन पद्दति वा (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा सोभन्दा कम भएका) अनुरुप परीक्षामा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै विषयमा उत्तीर्ण भइ सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मक तर्फ न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरेका विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने मापदण्ड लागू गरेको छ ।

त्यस्तै अक्षराङ्कन पद्दति (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७४ वा सोभन्दा बढी भएका) अनुरुप परीक्षामा सहभागी भइ कक्षा ११ र १२ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्रका लागि निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।बोर्डले शैक्षिक योग्यताका प्रमाणपत्र लिइ सकेका विद्यार्थीहरूलाई ग्रेडवृद्धि परीक्षा दिन नपाउने व्यवस्था बोर्डले गरेको छ ।पहिले नै प्रमाणपत्र लिएर ग्रेडवृद्धिको परीक्षा लिएको खण्डमा नतिजा परिवर्तन नहुने मापदण्डमा बोर्डको उल्लेख छ ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६