प्रदेश

प्रमुख प्रशासकीय अधिकृतलाई प्रबेश निशेधगर्दै भोटे ताल्चा



कपिलवस्तु १९ मंसिर । शुद्धोदन गाउँपालिकामा केही दिनदेखि तालाबन्दी छ, जसले पालिकाको कामकाज पूर्ण रूपमा ठप्प छ । गत बिहीबारदेखि पालिकाको भवन प्रवेश गर्ने भ¥याङको मुख्य ढोकासहित विभिन्न शाखामा भोटे ताल्चा झुन्ड्याइको छ । गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत दिनेश गौंडलाई हाजिर गराउने/नगराउने विषयमा अध्यक्ष निसार अहमद खाँ र उपाध्यक्ष सुधादेवी पाण्डेबीच विवाद हुँदा समस्या बल्झिएको हो । उनीहरूबीच टकरावको स्थित आएपछि अहिले कामकाज ठप्प बनेको छ ।
रूपन्देहीको कोटहीमाई गाउँपालिकाबाट गौंडलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि आर्थिक प्रशासनिक काम गर्न जिम्मेवारी दिएर काजमा पठाएको पत्र गत भदौ ३१ गते दिएको थियो । त्यही पत्रका आधारमा उनी हाजिर हुन गाउँपालिकामा आएका हुन । गाउँपालिकाको सहमतिबिना पठाइएको र गौंडले कोटहीमाईमा काम गर्दा विगत राम्रो नभएको भनेर गत असोज १५ गते बैठक बसेर उनलाई हाजिर नगराउने निर्णय भयो ।

अध्यक्ष, उपाध्यक्ष, गाउँकार्यपालिका सदस्य, कर्मचारी र केही स्थानीय बसेर उक्त निर्णय गरेका थिए । त्यसपछि गौंड फर्किए । उनले संघीय समाजवादी फोरमका नेतालाई हारगुहार गरे । नेताको दबाबमा अध्यक्षले गत कात्तिक २ गते उनको निवेदनमा हाजिर गराउने तोक लगाएर पठाए ।विवाद बढ्दै गएपछि मन्त्रालयले कात्तिक ९ गते गौंडको काज फिर्ता ग¥यो । गौंड फेरि नेताको दैलो चहार्न पुगे । मन्त्रालय लगेर दबाब दिए । त्यसपछि मन्त्रालयले फेरि कात्तिक १७ गते काजफिर्ता बदर ग¥यो ।

अहिले उनको काज शुद्धोदनमा छ । तर, उनी यहाँ हाजिर हुन सकेका छैनन । गाउँपालिका अध्यक्ष खाँले गौंड कात्तिक १४ गतेदेखि गाउँपालिकामा हाजिर रहेको पत्र मन्त्रालयमा पठाएका छन् । अध्यक्ष, उपाध्यक्षको व्यक्तिगत स्वार्थले जनताले अनावश्यक दुःख पाएको भन्दै गत बिहीबारदेखि जनकल्याण युवा क्लब र स्थानीय अर्को समूहले कार्यालयमा तालाबन्दी गरेका छन् ।कार्यालयमा काम नहुँदा ३ करोड बढीका ५ ठूला योजनाको सम्झौताको काम पनि रोकिएको छ । कन्या कलेज र स्वागत द्वार निर्माण, कालोपत्र, ह्याण्ड पम्प वितरण र फरक क्षमता भएकालाई स्कुटी वितरण योजना प्रभावित बनेको छ ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६