जीवनशैली

प्रदेश सांसद जसपावाट :महाधिबेशन प्रतिनिधी कांग्रेसवाट



काठमाडौं १९ मंसिर । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य प्रेम तामाङ काँग्रेस महाधिवेशन प्रतिनिधि बनेको खुलासा भएको छ । बागमती प्रदेशसभा सदस्य प्रेम तामाङ रसुवाबाट काँग्रेसको महाधिवेशन प्रतिनिधि भएको खुलासा भएको हो । हेटौडामा जारी बागमती प्रदेशको काँग्रेस निर्वाचनमा उनको नाम रसुवाको महाधिवेशन प्रतिनिधिमा ३ नम्बरमा टाँसिएको छ भने उनी भोट हाल्नका लागि शनिबार राति साढे ९ बजेतिर पुगेका थिए ।
उनी त्यहाँ राति गएर सुटुक्क भोट हालेर काठमाडौं फर्किएका छन् । प्रदेशसभा सदस्य तामाङले आफू भोट हालेर काठमाडौं फर्किएको स्वीकार गरे । यस्तै अर्का एक महाधिवेशन प्रतिनिधिले पनि तामाङ अर्को पार्टीको सांसद भएकै कारण आधिकारिक रुपमा काँग्रेस प्रवेश नगरेको तर महाधिवेशन प्रतिनिधि बनेर भोट भने हालेको रातोपाटीलाई बताए ।तत्कालीन नयाँ शक्ति पार्टी उपेन्द्र यादवको पार्टीसँग एकता भएपछि केही समय उनले आफूलाई स्वतन्त्र हैसियतमा रहेको दावी गरेका थिए । पछि भने मन्त्री बन्न पाइने आशमा उनी फेरि जसपामा खुलेका थिए । अहिले प्रदेशसभामा उनको जसपाकै सांसदको हैसियत रहेको छ भने प्रदेशसभाको वेबसाइटमा पनि उनी जसपाको सांसद भएको उल्लेख गरिएको छ ।
स्मरण सहोस् २०७५ सालमै तामाङ काँग्रेस प्रवेश गर्न खोजेका थिए । तर प्रदेशसभा सदस्य पद जाने भएपछि उनी काँग्रेस प्रवेश गर्नबाट पछि हटेका थिए । उनलाई पार्टीमा स्वागतका लागि काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरु सरवा पुगेपनि उनलाई पार्टी प्रवेश नगराइ त्यसै फर्केका थिए ।जुनदलको उम्मेद्वार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा प्रदेशसभा सदस्यको स्थान रिक्त हुने संविधानमा उल्लेख छ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६