अर्थ-वाणिज्य

कपिलवस्तुको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा अनिल पौडेल



कपिलवस्तु १९ मंसिर -कपिलवस्तुको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा अनिल पौडेल आउनुभएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पौडेल सहायक सिडिओको रुपमा आउनुभएको हो । हालसम्म कार्यरत गशेणबहादुर नेपाली सरुवा भई रौतहट गएपछि अर्घाखाँची घर हुनुभएका पौडेल कपिलवस्तु आउनुभएको हो ।

पौडेल यसभन्दा अगाडी बुद्धभूमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । एक बर्ष बढी बुद्धभूमिमा रहेर काम गर्नुभएका उहाँ सहायक सिडिओको रुपमा कपिलवस्तु नै आउनुभएको हो ।

पौडेलले अख्तियार, स्थानीय तह लगायतका सरकारी कार्यलयमा काम गरेको अनुभव छ । गएको शुक्रबारबाट कपिलवस्तु प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काम थालेको बताउनुभयो ।

प्रशासनिक काममा अब्बल देखिदै आउनुभएका पौडेल जिल्ला प्रशासनमा आएपछि नागरिकले सहज रुपमा सेवा आउने अपेक्षा गरेका छन् ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६