प्रदेश

मणिमुकुन्द कलेजका विद्याथीहरुद्धारा वृद्धाश्रममा सहयोग




१८ मंसिर, बुटवल । रुपन्देहीको योगिकुटिमा रहेको मणिमुकुन्द कलेजका विद्यार्थीहरुले शनिवार वृद्धवृद्धा, विपन्न परिवार, अपांग र बालबालिकालाई बिभिन्न सहयोग गरेका छन । मणिमुकुन्द स्टुडण्ड कोअपरेटिभ काउन्सिल र मणिमुकुन्द एपियरी साइन्स सोसाइटिको आयोजनामा खाद्यान्न, लत्तकपडा तथा शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कलेजका विद्यार्थीहरु तथा प्राध्यापकहरुबाट आर्थिक संकलन गरि विद्यार्थीहरुले शिद्धबाबा दुर्गाभवानी शिवकुमारी शैँजु वृद्धाश्रमका रहेका वृद्धवृद्धाहरुलाई खाद्यान्न र जाडोका लत्ताकपडा प्रदान गरेका छन । बृद्धाश्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले विद्यार्थीहरुको सामाजिक कामको प्रसंसा गर्दै वृद्धाश्रममा आश्रय लिइरहेका बृद्धबृद्धाहरुलाई स्वस्थ जिवनका लागि शारीरिक रुपमा सक्रिय रहन आग्रह गर्नुभयो । एम.एस.सि.सि र एम. ए. एस.एस का अध्यक्षद्धय शिशिर ज्ञवाली र अनमोल श्रीसको अध्यक्षता, क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता र बिद्यार्थी नग्मा रेग्मीको संचालनमा सम्पन्न कायृक्रममा कलेजका सहायक क्याम्पस प्रमुख दिवाकर खनाल र वृद्धाश्रमका संचालक कृष्ण रेश्मी लगायतले बोल्नुभएको थियो ।

विद्याथीहरुले आजै बुटवल तथा तिलोत्तमा नगरपालिकामा बसोबास गर्ने २० बिपन्न र अपांग परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेका छन भने २० परिवारका ४० भन्दा बढि बालबालिकाहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गरेका छन । बिभिन्न क्षेत्रबाट संकलित तथ्यांकको आधारमा कलेज पाङ्गढमा अपांग तथा बिपन्न परिवारलाई जम्मा गरि सहयोग सामाग्री वितरण गरिएको कलेजले जनाएको छ । सो कार्यक्रमको संचालन कृतिमा विश्वकर्मा र कृतिका पौडेलले गरेका थिए ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६