खेलकुद

करातेका संस्थापक ग्राण्ड मास्टर राईलाई कपिलवस्तुमा स्वागत तथा सम्मान ।



कपिलवस्तु, मंसिर १८ । जिल्ला खेलकुद विकास समिति कपिलवस्तु तथा लुम्बिनी प्रदेश कराँते प्राविधिक समितिको आयोजनामा स्वागत, सम्मान तथा प्रदेशका खेलाडीहरुसंग पारस्परिक भेटघाट तथा प्राविधिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कपिलवस्तुको बाणगंगा स्थित बुद्धरंगशालाको कभड हलमा भएको कार्यक्रममा नेपाल सितोरियो कराँतेका संस्थापक ग्राण्ड मास्टर तथा अन्तराष्ट्रिय करातेका प्रशिक्षक थानेश्वर राईलाई स्वाग तथा सम्मान गरिएको हो । करातेका जन्मदाता राईले पु¥याएको योगदानबारे चर्चा गर्दै उहाँप्रति प्रदेश विभिन्न जिल्लाका प्रशिक्षक तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले करातेको विकासमा अहम भुमिका खैल्दै यो स्थानसम्म ल्याउन सफल थानेश्वर राईको बुद्धको भुमि कपिलवस्तुमा आगमन हुंदा खेलकुद क्षेत्रमा थप गौरवको महशुस भएको बताउनुभयो । विशेष गरि करातेले खेलकुद क्षेत्रको विकास अहम भुमिका खेल्ने बताउदै लुम्बिनी प्रदेशमै खेलकुदको विकास क्रमशः हुंदै गएको बताउनुभयो । सांसद पन्थीले चार दशक अघि नेपालमा पुनः कराते खेल भित्र्याउने ग्राण्ड मास्टर राई, प्रदेशका विभिन्न जिल्लाका राष्ट्रिय प्रशिक्षक तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट बुद्धको भुमि कपिलवस्तुको बाणगंगा आउने खेलाडीहरुलाइ हार्दिक स्वागत गर्दै खेलकुद क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो ।

बुद्धकालिन पुरानो खेलको संरक्षण तथा विकास गर्न अहम भुमिका खेल्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै यसले वालवालिका तथा युवाहरुको शारिरीक, मानसिक पक्षको विकास गर्न टेवा पुग्ने बताउनुभयो ।

सम्मान ग्रहण गर्दै कराते जन्मदाता राईले खेलाडीहरुलाई स्ट्रेन्थ, स्पिड, फ्लेक्जििबिलिटि, एक्कुरेशीको बारेमा स्पष्ट पार्नुभएको थियो । साथै उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक हासिल गर्ने विशेष सुत्रहरुको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

नेपाल शितो रियो कराते संघका संस्थापक अध्यक्ष केदार बाबु शिवाकोटी, प्रशिक्षक मदन उप्रेतीले मन्तब्य राख्दै करातेको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यालय प्रमुख मिन प्रसाद पोख्रेलले अन्तराष्ट्रि स्तरकै महान व्यक्ति, प्रदेश भरिका प्रशिक्षक तथा खेलाडीहरुलाई कपिलवस्तुमा स्वागत गर्न पाउदा गर्व महशुस भएको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यालय प्रमुख पोख्रेलको अध्यक्षता, कपिलवस्तु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उमानाथ पौडेल, विभिन्न जिल्ला कराते प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको कार्यक्रम खेलाडी सबिना आचार्यको स्वागत मन्तब्य तथा प्रशिक्षक नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : १८ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६