अन्तर्राष्ट्रिय

भारतमा कोरोनाको नया भेरियन्ट ओमिक्रोन देखियो



नयाँदिल्ली, १६ मंसिर । भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी भारतीय राज्य कर्नाटकमा दुई जनामा ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिएको हो ।४६ र ६६ वर्षका दुई पुरुषमा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि आजै भारत आएका चार जना विदेशी यात्रुमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । दक्षिण अफ्रिकामा गत नोभेम्बर २४ मा ओमिक्रोन पहिलो पटक देखिएको थियो ।

त्यसयता विश्वका बिभिन्न मुलुकमा पनि ओमिक्रोन देखिएपछि विशेष सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सबै मुलुकलाई बिशेष आग्रह गरिसकेको छ । बुधबार अमेरिकामा ओमिक्रोनको पहिलो संक्रमण भेटिएको थियो । त्यसअघि जापानलगायत मुलुकमा पनि ओमिक्रोन संक्रमण देखिएको थियो ।

भारतको गृह मन्त्रालयका सचिव लाभ अग्रवालका अनुसार जेनोम सिक्वेन्सिङ पत्ता लगाइएको हो । संक्रमित दुवैमा कुनै गम्भिर लक्षणहरु नदेखिएको उनले बताए । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा यो भेरिएन्टको कोरोना पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको छ ।भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको र तीव्र रूपमा फैलिने भन्दै सतर्क रहन संगठनले चेतावनी दिएको छ । बुधबारसम्म यो भेरिएन्ट २४ देशमा देखा परिसकेको छ । अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, बोट्सवाना, जर्मनी, इजरायल ,लण्डन, बेल्जियम आदि देशमा फैलिसकेको छ ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६